लुम्बिनी प्रदेश सरकार

वन, वातावरण तथा पर्यटन मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, बाँके

नेपालगंज, बाँके

विजयराज सुबेदी

सिनियर डिभिजनल वन अधिकृत

लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालयअन्तर्गत रहेको डिभिजन वन कार्यालय, बाँके वन क्षेत्रको संरक्षण, व्यवस्थापन, र दिगो उपयोगका लागि स्थापित एक सरकारी निकाय हो। यस कार्यालयको मुख्य उद्देश्य बाँके जिल्लाको वन क्षेत्र, वन्यजन्तु, र जैविक विविधताको संरक्षण तथा स्थानीय समुदायसँग सहकार्य गर्दै वन व्यवस्थापनमा सहभागीता सुनिश्चित गर्नु हो। यस कार्यालयले सामुदायिक वन, राष्ट्रिय वन, निजी वन, र अन्य वन कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्दै वन क्षेत्रको दिगोपन र वातावरणीय सन्तुलन कायम राख्ने काम गर्दछ। साथै, वनजन्य उत्पादनको न्यायसंगत वितरण, वन अपराध नियन्त्रण र वन व्यवसायिकताको प्रवर्द्धन पनि यस कार्यालयका प्रमुख जिम्मेवारीहरू हुन्।